ल्हासा । नेपाली महावाणिज्य दूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसादनिरौला र युनाननर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेईबीच बिहीबार महावाणिज्य दूतावासमा भेटवार्ता भएको छ ।
भेटका अवसरमा नेपाल चीनबीच सदिऔंदेखि कायम रहेको मैत्रीपूर्ण सम्बन्धका विविध पक्षहरूमा चर्चा भएको थियो ।
भेटमा दुइ देशका बीच कायम प्राज्ञिक, सामाजिक र सांस्कृतिक सम्बन्धलाई अझ बलियो बनाउन क्रियाशील रहने, दुई देशका प्राज्ञ, सञ्चारकर्मी र संस्कृतिकर्मीहरुबीचको सम्बन्ध स्थापित गरी निरन्तरता दिने, सीमा क्षेत्रका युवाहरुबीच सहकार्य स्थापित गर्ने जस्ता विविध विषयमा छलफल भएको महावाणिज्य दूतावासले जनाएको छ ।
सो अवसरमा दुईदेशका विश्वविद्यालय र शैक्षिक संस्थाहरुबीच अनुभव आदान प्रदान गर्ने र एकअर्काको संस्कृति प्रवद्र्धनका लागि पहल गर्ने विषयमा समेत कुराकानी भएको थियो ।
