१७ अंकले घट्यो शेयर बजार

काठमाडौँ । साताको शेयर कारोबारको अन्तिम दिन बिहीबार शेयर बजार नेप्से दोहोरो अंकले घटेको छ । बिहीबार नेप्से १७ १७.५३ अंकले घटेको हो ।

बुधबार नेप्से ५.०८ अंकले बढेको थियो । नेप्से घटेपनि कारोबार रकम भने बढेको छ । आज १४ अर्ब ५६ करोड ३१ लाख रुपैयाँ बराबरको ३ करोड ५४ लाख ७७ हजार कित्ता शेयर कारोबार भएको छ । आज हाइड्रोपावर, इन्भेष्टमेन्ट र म्युचुअल फन्ड बाहेक १० वटा उपसूचक ऋणात्मक भएका छन् ।

सबैभन्दा बढी आज विकास बैंक समूहको उपसूचक २.२२ प्रतिशतले घटेको अवस्था छ । आज १७० कम्पनीको शेयर मूल्य घट्दा ८५ कम्पनीको मात्र बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *