काठमाडौँ । काठमाडौँको दरबारमार्गस्थित उडल्याण्ड होटलमा आगलागी भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार आज बिहान १०ः१५ बजे आगलागी भएको हो ।
परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले आगलागी नियन्त्रणमा लिने क्रम जारी रहेको बताए ।
आगलागी नियन्त्रणमा लिनका लागि नेपाल प्रहरी र दमकल खटिरहेको उनले बताए । आगलागीको कारण भने खुलेको छैन ।
