काठमाडौँ । प्रहरीले लुटेरा समूहलाई नियन्त्रणमा लिने क्रममा काठमाडौँको मूलपानीमा गोली चलाएको छ । गएराति लुटेरा समूहलाई नियन्त्रणमा लिने क्रममा जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले गोली चलाएको हो । गोली लागेर लुटेरा समूहका एकजना घाइते भएका छन् । उनलाई उपचारको लागि ट्रमा सेन्टरमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।
लुटेरालाई नियन्त्रणमा लिन खोज्दा सुरक्षाकर्मीमाथि आक्रमण प्रयास भएपछि गोली चलाएर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रहरी काठमाडौँका एसपी रमेश थापाले जानकारी दिए ।
उपत्यकामा लुटपाट आतङ्क मच्चाउँदै आएका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका लुटेराहरूको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।
