काठमाडौं । एन्फा राष्ट्रिय लिगमा विभागीय टोली नेपाल एपीएफ क्लबले आफ्नो विजयी यात्रालाई जारी राखेको छ । बुधबार दिउँसो भएको खेलमा जावलाखेल युथ क्लबलाई २-१ गोलले हराउँदै एपीएफले लिगमा लगातार चौथो जित निकालेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफलाई जित दिलाउन समिराज थोकरले दुई गोल गर्दा जावलाखेलको लागि धर्वेंद्र कुँवरले एक गोल गरे । पहिलो हाफमा एक गोलले पछाडि परेको एपीएफले दोस्रो हाफमा दुई गोल गर्दै जित निकालेको हो ।
जितसँगै एपीएफले चार खेलबाट १२ अंक जोडेको छ ।
