चुनावकेन्द्रित समिति गठन गर्न पार्टीका प्रदेश, जिल्ला र १६५ वटै कार्यसमितिलाई परिपत्र

काठमाडौँ । नेपाली कांग्रेसले चुनावकेन्द्रित समिति गठन गर्न पार्टीका प्रदेश, जिल्ला र क्षेत्रीय १६५ वटै कार्यसमितिहरूलाई परिपत्र गरेको छ ।

केन्द्रीय निर्वाचन परिचालन समिति संयोजकसमेत रहेका उपसभापति विश्वप्रकाश शर्माले बुधबार पार्टीका विभिन्न निकायहरूलाई चुनावी समिति गठन गर्न परिपत्र गरेका हुन् ।

चुनावकेन्द्रित अभियान व्यवस्थित बनाउन समितिहरू र विभिन्न संरचना सबै तहमा तत्काल गठन गर्न पनि उनले परिपत्रमार्फत् आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *