सर्लाही क्षेत्र नम्बर चारका ४ वडाध्यक्ष कांग्रेस प्रवेश

सर्लाही । सर्लाहीका ४ जना वडाध्यक्ष नेपाली कांग्रेस प्रवेश गरेका छन् । सर्लाहीको गोडैता नगरपालिका वडा नम्बर १ का अध्यक्ष सुजित महतो, २ का अध्यक्ष अजयप्रसाद साह, ५ का अध्यक्ष प्रकाश गुप्ता र ११ का अध्यक्ष विश्वनाथ पण्डित पार्टीमा प्रवेश गरेका कांग्रेसले जनाएको छ ।

सभापति गगन थापाले वडाध्यक्षहरूलाई पार्टीमा स्वागत गरेका छन्। सभापति थापा सर्लाही ४ मा उम्मेदवार छन्। सभापति थापालाई सहयोग गर्न आफूहरू कांग्रेस प्रवेश गरेको वडा नम्बर ११ का अध्यक्ष विश्वनाथ पण्डितको भनाइ छ ।

गत स्थानीय तह निर्वाचनमा वडा नम्बर १, २ का अध्यक्ष नेकपाबाट, ५ का अध्यक्ष जसपा तथा ११ का अध्यक्ष एमालेबाट निर्वाचित भएका थिए ।

साथै गत प्रदेश सभा निर्वाचनमा बहुजन पार्टीबाट सर्लाही ४ को २ मा उम्मेदवार रहेका कृष्णकुमार कुशवाह पनि कांग्रेस प्रवेश गरेका छन् । सर्लाही क्षेत्र नम्बर ४का स्वतन्त्र उम्मेदवार महेन्द्र यादव पनि यसअघि कांग्रेसमा प्रवेश गरेरका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *