महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवार सवार विमान अवतरणका क्रममा दुर्घटना, अवस्था गम्भीर

पुणे । महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवार सवार विमान बुधबार बिहान महाराष्ट्रको बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको छ ।

प्रारम्भिक विवरणअनुसार दुर्घटनामा परेर उपमुख्यमन्त्री पवार गम्भीर घाइते भएका छन् र उपचारका लागि अस्पताल लगिएको छ । नागरिक उड्डयन महानिर्देशनालयले दुर्घटनामा पाँच जनाको मृत्यु भएको पुष्टि गरेको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको अधिकारीहरूले जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *