हेग । बङ्गलादेशमा धार्मिक अल्पसङ्ख्यकहरूमाथि भइरहेको बढ्दो हिंसा र आक्रमणलाई लक्षित गर्दै हालै सम्पन्न एक अन्तर्राष्ट्रिय सम्मेलनले यस विषयमा गम्भीर चिन्ता व्यक्त गरेको छ । सम्मेलनमा विशेषज्ञहरूले धार्मिक स्वतन्त्रता र मानवअधिकारको संरक्षणमा तत्काल कदम चाल्नुपर्ने जोड दिएका छन् ।
प्रतिवेदनअनुसार, विगत केही वर्षमा बङ्गलादेशमा मस्जिद, मन्दिर र चर्चमाथि पनि हमला भएका छन्, जसले समुदायबीचको सम्बन्धमा तनाव बढाएको छ । सम्मेलनमा सहभागीहरूद्वारा सरकारसँग सशक्त कानूनी सुरक्षा र भीड हिंसाविरुद्ध प्रभावकारी कदम चाल्न आग्रह गरिएको थियो ।
विशेषज्ञहरूले चेतावनी दिँदै धार्मिक अल्पसङ्ख्यकमाथि निरन्तर हिंसा हुने हो भने सामाजिक स्थिरता र राष्ट्रिय एकतामा नकारात्मक असर पर्न सक्ने भनेका छन् । सम्मेलनले अन्तर्राष्ट्रिय समुदायलाई पनि सहयोगका लागि आह्वान गरेको छ ।
