काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले भावी प्रधानमन्त्री भन्दै पार्टीका नेतालाई अघि सारेर चुनावमा होमिएको अवस्था छ । कांग्रेसले पार्टी सभापति गगन थापा, एमालेले अध्यक्ष केपी शर्मा ओली र रास्वपाले वरिष्ठ नेता बालेन साहलाई भावी प्रधानन्त्रीकारुमा अघि सारेको छ । तर पार्टीले प्रधानमन्त्री घोषणा गरेपनि उनीहरु प्रधानमन्त्री होलान् त ? आम चासोको विषय बनेको छ ।
यदि प्रधानमन्त्रीको उम्मेवारले नै चुनाव हारे कसरी हुन्छन् त प्रधानमन्त्री ? प्रधानमन्त्री हुन त पहिला चुनाव जित्नुपर्छ । अरु दलले प्रधानमन्त्री घोषणा गरेर चुनावमा होमिएको नेपाली कम्युनिष्ट पार्टीले चाहिँ किन घोषणा गरेन त ?
यही प्रश्न मंगलबार पेरिसडाँडामा पत्रकारहरुले प्रचण्डलाई गरेका थिए । प्रचण्डले घोषणा गरेको कोही पनि प्रधानमन्त्री नहुने ठोकुवा गरे । उनले भने, ‘जसले घोषणा गरेका छन्, कोही प्रधानमन्त्री हुँदैनन् नेपालमा ।’
