रिमाको भाषण र उम्मेदवारलाई ‘कक्रक्क’ पार्ने मतदाता(भिडियो)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी समानुपातिक सांसदकी उम्मेदवार रिमा विश्वकर्मा चुनावी प्रचारप्रसारको क्रममा स्याङ्जा पुगेकी थिइन् । स्याङ्जामा उनले भाषणको क्रममा त्यहाँका जनताले बहुमतका साथ रास्वपाका उम्मेदवारलाई जिताए चुनावपछि रवि र बालेनलाई यस क्षेत्रमा ल्याउने वाचा गरिन् । उनले भनिन्, ‘म यहाँहरूलाई यसै ठाउँबाट यसै समयमा एउटा वाचा गर्न चाहन्छु। स्याङ्जाको क्षेत्र नम्बर १ र २ बाट तपाईंहरूले हामीलाई बहुमतका साथ विजयी गराउनु भयो भने पार्टीका सभापति रवि लामिछाने र देशका प्रधानमन्त्री श्री बालेन साहलाई स्याङ्जामा ल्याउने वाचा मैले अहिले नै गरेँ । रिमाले यस्तो बोलिरहँदा तालीको गडगडाहट चल्यो । के बोलिन् रिमाले उनले पनि थाहा पाइनन् होला, कि के बोल्न जानिन् होला अनि किन ताली बजाइयो बजाउनेलाई पनि थाहा भएन होला । लोकसेवा आयोगमा नाम निकाल्ने जिल्लामा कहलिएको स्याङ्जामा रिमाको भाषण बुझ्ने मान्छे पक्कै हुनुपर्ने हो । तर रिमाको भाषणमा ताली ठोक्नेहरुलाई देख्दा चाहिँ त्यस्तो लागेन ।

जब रिमाले बोलेको कुराको क्लिप सामाजिक सञ्जालमा ट्रोल भयो, त्यसपछि रिमा झसंग भइन् । अनि उनले आफ्नो आशयलाई गलत तरिकाले अथ्र्याइएको बताइन् । एक पटक सुन्नुस् त यसमा उनको आशयलाई गलत अथ्र्याउनुपर्ने छ र ?

रिमा रास्वपाको समानुपातिक उम्मेदवारको दलित क्लस्टरतर्फ महिलाको एक नम्बर सूचीमै छिन् । उनी सांसद बन्ने पक्कापक्की छ । अब भन्नुस् त सदनमा कस्तामा माननीय भएर जाँदैछन् त ? नयाँ वैकल्पिक भनेको दलका सांसद हुने नेताको ताल त यस्तो छ अनि सदनमा यस्तैहरुको भिड जम्मा भयो भने नि ?

रिमाको भाषण सुनिसकेपछि नेकपा एमालेकी नेतृ उषाकिरण तिम्सेनाले यो राजनीतिक अज्ञानताको पराष्टा भएको टिप्पणी गरेकी छन् । उनले यसबाट हाम्रा दुःख अझ थपिने बताएकी छन् । उनको टिप्पणी छ, ‘यो राजनीतिक अज्ञानता वा असाक्षरता हो, न्युनतम ज्ञान नै छैन, न सुन्ने श्रोतामा र वक्तामा । हाम्रा दुःख थपिन्छन्, सकिन्नन् ।’

राष्ट्रिय स्वतन्त्र पार्टीबाट मोरङ क्षेत्र नम्बर- ३ का उम्मेदवार गणेश कार्की घरदैलो कार्यक्रममा व्यस्त छन् । यसैक्रममा त्यहाँ उनी एक ठाउँमा भोट माग्न पुग्छन् । कार्कीलाई उनका एक जना सहयोगीले बालेनलाई काठमाडौँको मेयर बनाउने मान्छे भन्दै चिनाउँछन् । त्यसक्रममा एक जेनजी मतदाता आउँछन् र कार्कीलाई अनेक प्रश्न गर्छन् । उनले रोजगारीको ग्यारेन्टी के छ भन्दै प्रश्न गर्छन् । मतदाताको तर्कसामु उम्मेदवार कक्रक्क पर्छन् र घिसिपिटी उत्तर दिएर पन्छिन्छन्।

हेर्नुस् त मतदाताको तर्क र उम्मेदवारको जवाफ

Leave a Reply

Your email address will not be published. Required fields are marked *