काठमाडौं । एन्फा राष्ट्रिय लिगमा मनाङ मर्स्याङ्दी क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । सोमबार दिउँसो भएको खेलमा कान्क्रेबिहार क्लबलाई ५-१ गोलले पराजित गर्दै मनाङले लिगमा पहिलो जित दर्ता गरेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मनाङलाई जित दिलाउन गिडेओन नाहले दुई गोल गर्दा सुरेश कुमाल, अनिल कुमार र नावा राज गुरुङले समान एक/एक गोल गरे । कान्क्रेबिहारको लागि सन्दिप देउवाले एक गोल फर्काए ।
आजै भएको अर्को खेलमा पुलिसले श्री भगवती क्लबलाई १-० गोलले पराजित गरेको हो । पुलिसले आत्मघाती गोल उपहार पाएको हो । जितसँगै दुवै मनाङ र पुलिसले तीन/तीन अंक जोडेका छन् ।
