नेपालगञ्जमा गाडीबाट खसेर बालेनका समर्थक घाइते

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहका समर्थकहरू नेपालगञ्जमा गाडीबाट खसेर घाइते भएका छन् । बालेनलाई लिन विमानस्थल पुगेका समर्थकहरु चढेको गाडीबाट खसेर घाइते भएका हुन् । प्रहरीले गाडीबाट खसेर पाँच जना घाइते भएका जानकारी दिएको छ ।

चुनावी अभियानका लागि बालेन सोमबार पश्चिम नेपाल पुगेका छन् । उनी केही दिनअघि चुनावी अभियानका लागि पूर्वी नेपाल गएका थिए । बालेन झापा ५ बाट उम्मेदवार बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *