काठमाडौं । आईसीसी महिला टी-२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत जारी खेलमा स्कटल्याण्डले नेपाललाई प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा स्कटल्याण्डले नेपाललाई जितको लागि १ सय ४१ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।
टस हारेर पहिले ब्याटिङमा उत्रिएको स्कटल्याण्डले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय ४० रन बनाएको हो । २.४ ओभरमा १७-३ को स्थितिमा रहेको स्कटल्याण्डका मध्यक्रमका ब्याट्सम्यानले मध्यम प्रदर्शन गर्दै इनिंस उकासेका हुन् । स्कटल्याण्डको लागि प्रियांज चत्तेर्जी सर्वाधिक ४५ रन बनाउँदै नटआउट रहिन् । उनले २८ बलमा ७ चौका प्रहार गरिन् । यस्तै अलिसा लिस्टरले २२, साराह ब्रुसले १८, मेगान म्याकोलले १७ र राचेल स्लाटरले ११ रन बनाइन् ।
नेपालको लागि मनिषा उपाध्यले ४ ओभरमा १७ रन खर्चेर ४ विकेट लिइन् । रुविना क्षेत्रीले ४ ओभरमा २३ रन दिएर तीन विकेट लिँदा रिया शर्मा, सीता राना मगर र कविता जोशीले समान एक/एक विकेट लिए ।
अब नेपालले जवाफी ब्याटिङ गर्नेछ ।
