काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य पदका लागि भएको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरिएको छ ।
आइतबार भएको निर्वाचनको आयोगले साँझ अन्तिम परिणाम सार्वजनिक गरेको हो । निर्वाचनमा कोशी प्रदेशबाट कांग्रेसका सुनिलबहादुर थापा, एमालेकी रोशनी मेचे, एमालेका सोमनाथ पोर्तेल निर्वाचित भएका छन् । त्यस्तै मधेस प्रदेशबाट कांग्रेसका धमेन्द्र पासवान, रञ्जित कर्ण, लोसपाका महन्थ ठाकुर र एमालेकी रेखाकुमारी झा निर्वाचित भए ।
बागमती प्रदेशबाट कांग्रेसकी गीता देवकोटा, एमालेका प्रेमप्रसाद दंगाल निर्वाचित भए । गण्डकी प्रदेशमा एमालेकी सम्झना देवकोटा, कांग्रेसका जगत तिमिल्सिना निर्वाचित भए ।
लुम्बिनी प्रदेशबाट कांग्रेसका बासुदेव जंगली, चन्द्रबहादुर केसी र एमालेकी रामकुमारी झाक्री भएका छन् ।
कर्णाली प्रदेशबाट कांग्रेसका ललितजंग शाही, एमालेकी मीनासिंह रखाल तथा सुदूरपश्चिम प्रदेशबाट एमालेकी लीलाकुमारी भण्डारी र खम्मबहादुर खाती निर्वाचित भएका छन् । राष्ट्रियसभामा रिक्त रहेको १८ पदका लागि आइतबार निर्वाचन भएको थियो ।



