टाइगर कपमा न्यु डायमण्ड, थाइल्याण्ड, पर्वत र पुलिस विजयी

पोखरा । पोखरामा जारी छैटौँ टाइगर कप भलिबल प्रतियोगिताको दोस्रो दिन महिलातर्फ टिपटप न्यू डायमण्ड र थाइल्याण्ड क्विन्स तथा पुरुषतर्फ पर्वत भलिबल संघ र नेपाल पुलिस क्लब विजयी भएका छन् ।

पोखरा रंगशालामा महिलातर्फ भएको पहिलो खेलमा न्यू डायमण्डले विभागीय टोली नेपाल एपीएफ क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको हो । एक पक्षीय खेलमा न्यु डायमण्डले पहिलो सेट २५-१७, दोस्रो सेट २५-२१ र तेस्रो सेट २५-२३ ले जितेको हो ।

रोमाञ्चक दोस्रो खेलमा थाइल्याण्डले पुलिसलाई ३-२ को सेटमा हराएको हो । पहिलो दुई सेट पुलिसले क्रमशः २५-२२ र २५-२० ले आफ्नो पोल्टामा पारेपनि थाइल्याण्डले शानदार पुनरागमन गरेको हो । थाइल्याण्डले तेस्रो सेट २५-२३, चौथो सेट २५-१४ र पाँचौ सेट १६-१४ ले जित्दै खेल आफ्नो पक्षमा पारेको हो ।

पुरुषतर्फ भएको पहिलो खेलमा पर्वतले एपीएफलाई ३-१ को सेटमा हराउँदै लगातार दोस्रो जित निकालेको हो । पहिलो सेट २५-१८ ले जितेको पर्वतले दोस्रो सेट २५-२१ ले एपीएफलाई सुम्पिएको थियो । तर तेस्रो सेट २५-१९ र चौथो सेट २५-१५ ले जित्दै पर्वतले खेल जितेको हो ।

दोस्रो खेलमा पुलिसले आर्मीलाई ३-१ को सेटमा हराएको हो । पहिलो सेट २५-२२ र दोस्रो सेट २५-१६ ले जित्दै पुलिसले खेलमा पकड बनाएको थियो । तर तेस्रो सेट २५-२१ ले गुमाएपनि चौथो सेट २५-१५ ले जित्दै पुलिस विजयी भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *