काठमाडौं । साफ महिला फुटसल च्याम्पियनसिपको अन्तिम खेलमा नेपालले जित निकालेको छ । आइतबार दिउँसो भएको लिगचरणको अन्तिम खेलमा भुटानलाई ५-३ गोलले हराउँदै नेपालले प्रतियोगिताको सुखद अन्त्य गरेको हो ।
बैंककको नोन्थाबुरी स्टेडियममा भएको खेलमा नेपाललाई जित दिलाउन जेनिफर रानाले दुई गोल गर्दा सजिना कोइराला, सुस्मा तामाङ र अनिता केसीले समान एक/एक गोल गरे ।
जितसँगै नेपाल ६ खेलबाट १० अंक जोड्दै तालिकाको चौथो स्थानमा रह्यो । समान खेलबाट एक अंक बढी जोडेको भुटान तेस्रो स्थानमा रहन सफल भयो ।
प्रतियोगिताको एक्लो अपराजित टोली भुटान १६ अंक जोड्दै च्याम्पियन बन्दा १२ अंक जोड्दै भारत दोस्रो स्थानमा रह्यो ।
