बंगलादेशको ठाउँमा स्कटल्याण्ड ले टी-२० विश्वकप खेल्ने

एजेन्सी । अर्को महिना भारत र श्रीलंकामा हुने आईसीसी टी-२० विश्वकप क्रिकेटमा बंगलादेशको स्थान स्कटल्याण्डले लिने भएको छ । बंगादेशले विश्वकप नखेल्ने भएसँगै अन्तराष्ट्रिय क्रिकेट परिषद्(आईसीसी)ले स्कटल्याण्डलाई विश्वकपमा सहभागी गराउने निर्णय गरेको हो ।

बंगलादेशले सुरक्षाको कारण आफ्नो सबै खेल श्रीलंकामा सार्न आईसीसीसँग बारम्बार पहल गरेको थियो । तर आईसीसीले खेलतालिका परिवर्तन नगर्ने निर्णय गरेपछि बंगलादेश विश्वकप नखेल्ने जनाएको थियो ।

अब स्कटल्याण्ड बंगलादेशको स्थान लिँदै समूह ‘सी’मा रहने भएको छ । समूह ‘सी’मा इंग्ल्याण्ड, इटाली, नेपाल र वेस्ट इन्डिज रहेका छन् । स्कटल्याण्डलाई टी-२० आई वरीयताको आधारमा विश्वकपमा सहभागी गराइएको हो । स्कटल्याण्ड हाल वरीयताको १४ औँ स्थानमा रहेको छ । जुन विश्वकपमा सहभागी जनाउने नामिबिया, युएई, नेपाल, अमेरिका, क्यानाडा, ओमान र इटाली भन्दा अगाडि हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *