टाइगर कपमा एपीएफ, आर्मी र न्यु डायमण्ड विजयी

पोखरा । पोखरामा शुरु भएको छैटौँ टाइगर कप भलिबल प्रतियोगितामा विभागीय टोलीद्वय  नेपाल एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब तथा न्यु डायमण्ड स्पोर्ट्स क्लबले विजयी शुरूवात गरेका छन् । शनिबार भएको महिलातर्फको पहिलो खेलमा न्यु डायमण्डले आर्मीलाई ३-० को सोझो सेटमा हराएको हो । न्यु डायमण्डले पहिलो सेट २५-१३, दोस्रो सेट २५-१६ र तेस्रो सेट २५-८ ले जितेको हो ।

पुरुषतर्फको पहिलो खेलमा आर्मीले आमन्त्रित टोली माल्दिभ्स भलिबल एसोसिएसनलाई ३-० को सोझो सेटमा पन्छाएको हो । आर्मीले पहिलो सेट २५-१५, दोस्रो सेट २५-२२ र तेस्रो सेट २५-१० ले जितेको हो ।

आजै भएको तेस्रो खेलमा एपीएफले गण्डकी प्रदेशलाई ३-१ को सेटमा हराएको हो । पहिलो सेट २६-२४ र दोस्रो सेट २७-२५ ले जितेको एपीएफले तेस्रो सेट २५-१९ ले घरेलु टोलीलाई सुम्पिएको थियो । तर चौथो सेटमा एपीएफले पुनरागम गर्दै २५-२१ ले जित्दै खेल आफ्नो पक्षमा पारेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *