पार्टी मुख्यालय पुगेर सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापा सानेपा पुगेका छन् । उनी विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि पहिलोपटक शुक्रबार पार्टी कार्यालय पुगेका हुन् ।

पार्टी कार्यालय पुगेर सभापति थापाले पदभार ग्रहण गरेका छन् । पुस २७ देखि ३० सम्म भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनबाट थापा सभापतिमा निर्वाचित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *