हरिबोललाई प्रचण्ड र माधव नेपालको निर्देशनः महेश्वरको उम्मेदवारी फिर्ता गराउनु

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले नेता हरिबोल गजुरेललाई सिन्धुली–२ मा बागी उम्मेदवारको प्रस्तावक बसेको भन्दै उम्मेदवारी फिर्ता गराउन निर्देशन दिएको छ ।

संयोजक प्रचण्ड र सहसंयोजक माधव नेपालले नेता गजुरेललाई बागी उम्मेदवार फिर्ता गराइ आधिकारिक उम्मेदवारलाई सघाउन निर्देशन दिएका हुन् । सिन्धुली २ मा राजन दाहालविरुद्ध महेश्वर दाहालले बागी उम्मेदवारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *