उम्मेदवारी फिर्ता लिएको बाबुरामको घोषणा

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन् । शुक्रबार दिउँसो सामाजिक संजालमार्फत भिडियो सन्देश जारी गरी गोरखा २ बाट उम्मेदवार भएका भट्टराईले उम्मेदवार फिर्ता लिएको घोषणा गरेका हुन् ।

उनले प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट उम्मेदवारी दिएका थिए ।उनले गोरखा–२ मा उम्मेदवारी दिएका युवा र गोरखाका जनताको सुझाव सल्लाहपछि उम्मेदवारी फिर्ता लिने निर्णयमा पुगेको बताएका छन् ।

उनले देशले आवश्यक ठानेको व्यक्तिलाई आगामी निर्वाचनमा सघाउनेसमेत बताएका छन् । भट्टराईले सबैको आग्रह बमोजिम आफू बाहिरै रहेर अभिभावकीय भूमिकामा रहँदा राम्रो हुने सोचेर यो निर्णयमा पुगेको उल्लेख गरेका छन् ।

यसअघि उनलाई उम्मेदवारी फिर्ताका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले आग्रह गरेका थिए भने नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डले फोन गरेका थिए । यो क्षेत्रमा रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी, नेकपाका लेखनाथ न्यौपाने उम्मेदवार छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *