काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने जानकारी दिए ।
बैठकले सभापति गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गरेर फागुन २१ गतेको निर्वाचनमा होमिने निर्णय गर्ने तयारी छ । कांग्रेसको विशेष महाधिवेशनबाट थापा सभापतिमा निर्वाचित भएका थिए ।
विशेष महाधिवेशनबाट नयाँ पदाधिकारी र केन्द्रीय सदस्य निर्वाचित भएपछि पहिलो पटक केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो । बैठकमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य तथा प्रदेश सभापतिलाई उपस्थित हुन निर्देशनसहित अनुरोध गरिएको छ ।
