काठमाडौँ । सरकारले सिद्धार्थ राजमार्गको बुटवल–पोखरा खण्ड सुधार आयोजनाको तयारीका लागि एसियाली पूर्वाधार लगानी बैंकको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले बैंकको दुई ‘मिलियन अमेरिकी डलर’ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हो ।
त्यस्तै बैठकले नेपाल सरकारको प्रवक्तामा गृहमन्त्री ओमप्रकाश अर्याललाई तोक्ने निर्णय भएको छ ।
