काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, बाँकेका तत्कालीन प्रमुख ऋषिराम केसीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साविक बेतहनी गाविस– ४ को जग्गा गैरकानूनी ढंगले सिफारिस तथा निर्णय गरेर राज्यलाई २२ लाख ४२ हजार ७२० नोक्सानी पुर्याएको आरोप लगाउदै बिहीबार उनीहरुविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको हो ।
अख्तियारले मालपोत कार्यालय, बाँकेका तत्कालीन प्रमुख मालपोत अधिकृत ऋषिराम केसी, तत्कालीन मालपोत अधिकृत अशोक कुमार भट्टराई, तत्कालीन नायव सुब्बा तारा प्रसाद खनाल, साविक बेतहनी गाविसका तत्कालीन सचिव मान बहादुर बोगटी, तत्कालीन नायव सुब्बा कर्ण बहादुर पुन, डुडुवा गाउपालिका वडा नम्बर २ बस्ने लिलावती कैराती र डुडुवा गाउपालिका वडा नम्बर २ बस्ने विरेन्द्र कुमार कुर्मीविरुद्ध मुद्धा दायर गरेको जनाएको छ ।





