नेपालविरुद्ध नेदरल्यान्डले पहिले ब्याटिङ गर्दै

काठमाडौँ । जारी आईसीसी महिला क्रिकेट विश्वकप ग्लोबल छनोट प्रतियोगिताअन्तर्गत आजको खेलमा घरेलु टोली नेपालविरुद्ध नेदरल्यान्डले पहिले ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्डले टस जितेर ब्याटिङ रोजेपछि नेपाली महिला टोलीले पहिले फिल्डिङ गर्ने भएको हो । समूह चरणको पहिलो खेलमा थाइल्यान्डसँग ८ विकेटले पराजित नेपाल दोस्रो खेलमा पहिलो जित हासिल गर्ने दाउमा छ ।

आजको खेल पनि हारे नेपाललाई सुपर सिक्समा पुग्न कठिन हुनेछ। त्यसैले नेपाली टोलीलाई आजको खेल जित्नैपर्ने दबाब छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *