डकेन्द्रसिंह थेगिमसहित तीन नेताले छाडे उज्यालो नेपाल पार्टी

काठमाडौं । उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी छाडेका छन् । विज्ञप्ति जारी गरी थेगिमसहित केन्द्रीय सदस्य ज्ञानबहादुर गुरुङ र प्रस्तावित केन्द्रीय सदस्य अमर ईजमले साधारण सदस्य नरहने गरी पार्टी छाडेको घोषणा गरेका हुन् ।

उनीहरुले पहिचानसम्बन्धी एजेन्डामा स्पष्ट र लिखित वैचारिक धारणा प्रस्तुत गर्न नसकेकोले पार्टीमा बस्न नैतिकताले नदिएको बताएका छन् । यसअघि इलाममा भएको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार रहेका थेगिम उज्यालो पार्टीको समानुपातिकको बन्दसूचीमा रहेका छन् ।

उनीहरुले स्वतन्त्र रुपमा ‘नो कोशी’, ‘नो केबलकार’ अभियान अन्तर्कगत मुक्कुमलुङ, खुवालुङ, बोझेनीलगायत धार्मिक–सांस्कृतिक स्थलमाथि भइरहेको अतिक्रमणविरुद्ध प्रतिरोध गर्ने प्रतिबद्धता जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *