फिल्म ’आ बाट आमा’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । माघ १६ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘आ बाट आमा’ को ट्रेलर सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमकाबीच ट्रेलर सार्वजनिक गरिएको हो । बाध्यताले परदेशिन लागेको छोरा र आमाबुवाले सन्तानप्रति गरेको मायालाई ट्रेलरमा देखाइएको छ ।

चन्द्र पन्तको कथा तथा निर्देशन रहेको फिल्मको लेखन अभिमन्यु निरवीको हो । कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, ध्रुव न्यौपाने, प्रकाश कुँवर, क्षितिज ढुंगाना निर्माता रहेको फिल्मको कार्यकारी निर्माता करण सिंह रसाइली हुन्।

आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा डिओपी नवराज उप्रेतीको हो भने साहिल खान र मिलन श्रेष्ठको सम्पादन छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *