देशलाई नयाँ राजनीतिक दिशा दिनका मेरो उम्मेदवारीः प्रचण्ड

रुकुम पूर्व । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अहिले देश असाधारण परिस्थितिबाट गुज्रेको बताएका छन् ।

रुकुम पूर्वमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले अहिले राष्ट्रलाई एकताबद्ध गर्ने आवश्यकता र राष्ट्रलाई सुदृढ गर्न आवश्यक रहेको बताए।

उनले भदौ २४ गतेको जस्तै विध्वंसका घटनाहरू घटाउने देशी विदेशी प्रतिक्रियावादी चलखेलहरू अझै नरोकिएको बताए ।

उनले भने, ‘भदौ २४ गतेको जस्तै विध्वंसका घटनाहरू घटाउने देशी विदेशी प्रतिक्रियावादी चलखेलहरू अझै रोकिएका छैनन्। त्यो परिस्थितिमा त्यसको प्रतिवाद गर्ने एउटा नयाँ शक्ति निर्माण गर्नुपर्ने आवश्यकता छ।’ उनले राष्ट्रवादी शक्ति एक ठाउँमा ल्याउनको लागि आफूले नेकपा निर्माण गरेको बताए ।

देशको जटिल राजनीतिक अवस्थालाई निकास दिन आफू पुनः जनयुद्धको आधारभूमि रुकुम फर्किएको उनले बताए । आफ्नो उम्मेदवारी केबल संसद् प्रवेशका लागि नभई देशलाई नयाँ राजनीतिक दिशा दिनका लागि भएको उनले दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *