‘श्री बुकुरोः द होम कलिङ’ फागुन १ देखि प्रदर्शनमा आउने

काठमाडौं । सुदीप भुपाल सिंह निर्देशित सिनेमा ‘श्री बुकुरोः द होम कलिङ’को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण पक्षले सिनेमाको एक पोस्टर सार्वजनिक गर्दै आगामी फागुन १ गतेबाट देशव्यापी प्रदर्शनमा आउने जानकारी दिएको हो ।

सिनेमामा अभिनय गरेका सम्पूर्ण मुख्य कलाकार समावेश सिनेमाको सार्वजनिक स्केच पेन्टिङ पोस्टर आर्कषक देखिन्छ । यो सिनेमाबाट निर्देशक सुदीप भुपाल सिंह ७ वर्षपछि निर्देशन फर्किएका हुन् । यसअघि उनले ‘माला’ र ‘रुद्रप्रिया’को निर्देशन गरेका थिए ।

फिल्म रेञ्जको ब्यानरमा निर्माण भएको सिनेमामा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्माको अभिनय छ ।

निर्देशक सिंह स्वयंको लेखन रहेको सिनेमालाई रुबी सेन सिंहले निर्माण गरेकी हुन् । सुरज तामाङ र प्रवीण सिंहको कोरियोग्राफी, आईड्रिम एनिमेसनको भिएफएक्स, मनोरञ्जन श्रेष्ठको कलर, बनिष शाह, चन्दन दत्त र परिच्छेद सेनको सम्पादन, सञ्जय लामा र राजेश श्रेष्ठले छायाँकन रहेको सिनेमाको मुस्ताङ, बाग्लुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौंमा छायांकन गरिएको हो ।

सिनेमाको गीतमा रञ्जीत गजमेर, बसन्त सापकोटा र विक्रम कार्कीको संगीत तथा शिव परियार, विशेष पौडेल, युक्ति बिमली, सविन सुवेदी र सन्देश पौडेलको स्वर सुन्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *