काठमाडौं । आईसीसी टी-२० विश्वकपको तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाल अभ्यास खेलमा पराजित भएको छ । मंगलबार दिउँसो भएको अभ्यास खेलमा नेपाल श्रीलंका ‘ए’सँग ६ विकेटले पराजित भएको हो ।
टस जितेर पहिले ब्याटिङको गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८५ रन बनाएको थियो । नेपालको लागि आसिफ शेखले सर्वाधिक ६१ रन बनाए ।
जवाफी ब्याटिङमा उत्रिएको श्रीलंकन टोलीले १८ ओभरमा ४ विकेटको क्षतिमा १ सय ८९ रन बनाउँदै लक्ष्य भेट्टाएको हो ।
नेपालको लागि सोमपाल कामीले तीन र ललित राजवंशीले एक विकेट लिए ।
