‘अवैधानिक’ विशेष महाधिवेशनबाट निर्वाचितबाट टिकट लिनु नैतिकताको अडानको प्रतिकूलः पूर्णबहादुर खड्का

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले ‘अवैधानिक’ प्रक्रियाबाट चयन भएका प्रतिनिधिको निर्णय र हस्ताक्षरबाट टिकट जारी गरिएकाले आफू उम्मेदवार नबनेको बताएका छन् । सामाजिक संजालमार्फत खड्काले आसन्न आमनिर्वाचनको प्रतिस्पर्धामा सहभागी नहुने आफ्नो निर्णयबाट दुःखी नहुन उनले मतदातालाई आग्रह गरेका छन् ।

उनले लेखेका छन्, ‘अवैधानिक विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति स्वतः अवैधानिक हुने मेरो दाबी भएकाले निजहरूको निर्णय र हस्ताक्षरबाट जारी गरिने टिकटबाट उमेदवार हुनु मेरो जीवनभरको राजनीतिक मूल्य–मान्यता र नैतिकताको अडानको प्रतिकूल हुने हुँदा यसपटक प्रतिनिधिसभा निर्वाचनमा उमेदवार नउठ्ने निर्णय गरेको छु ।’

आफ्नै नेतृत्वमा सर्वोच्च अदालतमा विशेष महाधिवेशन अवैधानिक रहेको भन्दै मुद्दा दायर गरिएकाले सभापति गगन थापा नेतृत्वको कार्यसमितिलाई वैधानिक मान्न नसक्ने खड्काले उल्लेख गरेका छन् । उनले रुख चिह्न लिएर आउने उमेदवारलाई सहयोग गर्न पनि अपील गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *