भरतपुर महानगरकी मेयर रेनु दाहालको राजीनामा

भरतपुर । चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले आफ्नो पदबाट राजीनामा दिएकी छन् । लगातार २ कार्यकाल महानगरको मेयर भएकी दाहालले मंगलबार बिहान उपप्रमुख चित्रसेन अधिकारीलाई सम्बोधन गर्दै राजीनामा दिएकी हुन् ।

मंगलवार नै उनले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उमेदवारी दर्ता गराउँदैछिन् । राजीनामा दिनुअघि दाहालले महानगरको बोर्ड बैठक बोलाएर अहिलेसम्म सहयोग गर्ने सबैलाइ धन्यवाद दिएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *