म पद लिएर आएको पनि होइन र जाने पनि होइनः गोकुल बास्कोटा

काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचनमा टिकट नपाएका नेकपा एमालेका नेता गोकुल बास्कोटाले आफूले पद लिएर नआएको बताएका छन् । आफूलाई टिकट नदिएपछि विभिन्न टीकाटिप्पणी भएको भन्दै उनले यस्तो बताएका हुन् ।

उनले भनेका छन्, ‘त्यति मात्र सत्य बोल जति भेट हुँदा आँखा जुधाएर कुरा गर्न सकियोस्, जसलाई जे लिनुदिनु छ त्यो गर्नु तर पदमा बसेर नभएका कुरामा मेरो बद्ख्वाइँ नगर्नु म पद लिएर आएको पनि होइन र जाने पनि होइन।’

काभ्रे–२ बाट एमालेले अशोककुमार ब्याञ्जुलाई उम्मेदवार बनाएको छ । यो क्षेत्रबाट यसअघि उम्मेदवार बन्दै आएका गोकुल बास्कोटाले भने टिकट पाएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *