‘आ बाट आमा’मा को गीत ‘जाँदैछु नौ डाँडा काटेर’

काठमाडौं । नेपाली फिल्म ‘आ बाट आमा’मा समावेश गीत ‘जाँदैछु नौ डाँडा काटेर’ सार्वजनिक भएको छ । गीतमा अभिनेता पल शाह, विपना थापा र प्रदीप रावतको जिवन्त अभिनय गरेका छन् ।

फिल्म ‘ह्रस्व–दीर्घ’निर्देशन गरेर खारिएका निर्देशक चन्द्र पन्तले दर्शकको मनोभाव बुझेर नै फिल्म निर्माण गरेको बताए । किरण परियार र शान्तीश्री परियारले गाएको यस गीतमा शब्द संगीत अभि सुनारले गरेका छन् । सुरिलो स्वर र मिठास शब्द संगीतले दर्शकलाई बाँधेर राखेको गीतको भिडियोमार्फत महसुस हुन्छ ।

आर्या इन्टरटेन्मेन्टको प्रस्तुतीमा निर्माण गरिएको फिल्मको कथा तथा पटकथा निर्देशक चन्द्र पन्तले नै लेखेका हुन्। यस फिल्ममा विपना थापा, पल शाह, प्रदीप रावत,उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल,रविन्द्र झा, गजित विष्ट, बेगम नेपालीलगायत कलाकारको मुख्य भूमिका रहेको छ । फिल्म यही माघ १६ गतेबाट नेपालभर प्रदर्शनमा आउँदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *