हाम्रा लागि मात्र होइन, मुलुक र लोकतान्त्रिक प्रणालीका लागि हामी मिलेर जाऔँः मीन विश्वकर्मा

काठमाडौँ । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले आगामी निर्वाचनका लागि दुबै पक्ष मिलेर जानुपर्ने बताएका छन् ।

आइतबार साँझ सामाजिक सञ्जालमार्फत शेरबहादुर देउवा निकट विश्वकर्माले आगामी निर्वाचनका लागि दुबै पक्ष मिल्नुपर्ने बताएका हुन्।

उनले आधा टिकटमा देउवाले हस्ताक्षर गरेको र बाँकी आधामा सभापति गगनकुमार थापाले गरेको हुँदा त्यसलाई स्वीकारेर जानुपर्ने बताएका हुन् ।

उनले देउवा, गगन, शेखरलाई वार्तामा बस्न आग्रह गरेका छन् । उनले भनेका छन्, ‘झगडिया अरू कोही होइन हामी एकाघरका हौँ । हिजो भाद्र २४ को उपचार फागुन २१ को निर्वाचन हुन सक्छ भने जस्तै हाम्रो झगडाको मिलन पनि यही निर्वाचनले गराऊन सक्छ । हिजो उम्मेदवारको टिकटमा कस्को हस्ताक्षर हुने भन्ने विवाद थियो । आधामा देउवाले गर्नु भयो । बाँकीमा अब गगनले गर्नुहुन्छ । सबैको सहमतिमा ऊम्मेद्वार चयन गरौँ । उत्साहका साथ निर्वाचनमा कांग्रेसी उम्मेद्वारको पक्षमा भोट माग्ने वातावरण बनाऔँ । यसका लागि देउवा, गगन, पूर्णबहादुर, शेखर एकठाउँमा अहिलै बस्नुस् । घेराबन्दीवाट बाहिर आउनुहोस् र निर्णय गर्नुहोस् ।’

उनले फागुन २१ को निर्वाचनको परिणामलाई मध्यनजर गरि हाम्रा बीचमा ऐतिहासिक एकता आवश्यक रहेको बताएका छन् ।

उनले भनेका छन्, ‘प्रक्रियामा काफी विमतिका बाबजुत पनि फागुन २१ को निर्वाचनको परिणामलाई मध्यनजर गरि हाम्रा बीचमा ऐतिहासिक सहमति र एकता हुनु अपरिहार्य छ । यसका लागि न विशेष महाधिवेशनवाट सर्वसम्मत निर्वाचित सभापति गगन थापाको एकल निर्णय, नत चौधौँ महाधिवेशनबाट निर्वाचित सभापति देउवाको एकल निर्णयवाट आसन्न निर्वाचनमा पार्टीले विजय हासिल गर्न सक्छ । केवल सवैको साझा सहमति प्रयास र उम्मेदवारले मात्र राम्रो परिणाम दिन सक्छ । तसर्थ विवाद अब आयोग मात्रै होइन अदालत पुगिसक्यो । अब झगडा अदालतमा छौडौँ । परिणाम जे आउछ मान्न तयार बनौँ । हिजो भाद्र २४ मा घर छोड्न तयार भयौँ ज्यानका लागि आज घमण्ड त्याग्न तयार बनौँ पार्टीका लागि ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *