विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले पदबाट राजीनामा दिएका छन् । आइतबार उनले उपप्रमुख समक्ष आफ्नो राजीनामा पत्र बुझाएका हुन् ।
साम्पाङ आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा सुनसरी १ बाट उम्मेद्वार बन्ने तयारीमा रहेका छन् ।
उनले प्रतिनिधिसभाको निर्वाचनमा उम्मेद्वारी दिनका लागि संविधानको धारा २१६ को उपधारा ८ (क) बमोजिम नगरप्रमुखका पदबाट राजीनामा दिएको बताएका छन् । यसअघि आज काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राजीनामा दिएका थिए ।

