काठमाडौं । आईसीसी टी-२० महिला विश्वकप ग्लोबल छनोट अन्तर्गत भएको पहिलो दिनमा नेदरल्यान्ड्स, आयरल्याण्ड र बंगलादेश विजयी भएका छन् ।
मुलपानीमा भएको खेलमा बंगलादेशले अमेरिकालाई २१ रनले पराजित गरेको हो । दिनको तेस्रो खेलमा नेदरल्यान्ड्सले टेस्ट राष्ट्र जिम्बाब्वेलाई २२ रनले हराउँदा चौथो खेलमा आयरल्याण्डले पपुवा न्युगिनीमाथि ४१ रनको जित हासिल गरेको हो ।
आजै भएको उद्धाटन खेलमा नेपाल थाइल्याण्डसँग ८ विकेटले पराजित भएको थियो ।
