काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौं उपत्यकाका नदी किनारामा २० मिटर छाड्नुपर्ने भनी यसअघि गरेको फैसला उल्ट्याइदिएको छ । आइतबार सर्वोच्चकाहरु न्यायाधीश सुनिल पोखरेल, बालकृष्ण ढकाल र नृपध्वज निरौलाको पूर्ण इजलासले सर्वोच्चको पुरानो फैसला उल्ट्याएको हो ।
यसअघि सर्वोच्च अदालतले २०८० पुस ३ गते बागमती र यसका सहायक नदीहरूमा बढ्दो प्रदूषण र अतिक्रमण हटाउन भन्दै थप मापदण्ड तोक्ने गरी परमादेश जारी गरेको थियो ।
उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट दायर दुई वटा रिटमा अन्तिम सुनुवाइ गर्दै न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्माको इजलासले उक्त फैसला गरेको थियो ।


