सरोज स्मृति कप भलिबलको उपाधि मेलम्चीलाई

चौतारा। प्रथम सरोज स्मृति कप पुरुष भलिबल प्रतियोगिताको उपाधि मेलम्ची नगरपालिकाले हात पारेको छ । आइतबार भएको फाइनल खेलमा जुगल गाउँपालिकालाई २६–२४, २५–१२ र २५ –२३ को सोझो सेटमा हराउँदै मेलम्चीले उपाधि जितेको हो ।

मेलम्चीले उपाधिसँगै नगद रु एक लाख, ट्रफी र प्रमाणपत्र तथा उपविजेता जुगल गाउँपालिकाले नगद रु ७५ हजार प्राप्त गरेको छ ।

प्रतियोगितामा हेलम्बु गाउँपालिकालाई हराउँदै बलेफी गाउँपालिकाले तेस्रो स्थान सुरक्षित गरेको छ । उसले नगद ५० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।

चौथो स्थानमा सीमित भएको हेलम्बुले नगद पुरस्कार २५ हजार रुपैयँमा चित्त बुझाएको छ । प्रतियोगितामा ११ समूहबीच प्रतिस्पर्धा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *