राष्ट्रिय लिगमा मनाङमाथि आर्मीको फराकिलो जित

काठमाडौं । एन्फा राष्ट्रिय लिगमा विभागीय टोली त्रिभुवन आर्मी फूटबल क्लबले फराकिलो जित निकालेको छ । शनिबार दिउँसो भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई ५-० गोलले हराउँदै आर्मीले लिगमा विजयी शुरुवात गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा आर्मीलाई जित दिलाउन निराजन धामीले दुई गोल गर्दा नविन लामा, नवयुग श्रेष्ठ र जिल्लेस्पी जंग कार्कीले समान एक/एक गोल गरे । आर्मीले पहिलो हाफमा दुई र दोस्रो हाफमा तीन गोल गरेको हो ।

जितसँगै आर्मीले तीन अंक जोडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *