साफ महिला फूटसलमा नेपाल भारतसँग पराजित

काठमाडौं । साफ महिला फूटसल च्याम्पियनसिपमा नेपाल पराजित भएको छ । शनिबार दिउँसो भएको खेलमा भारतसँग ८-१ गोलले पराजित हुँदै नेपालले जारी प्रतियोगितामा पहिलो हार बेहोरेको हो ।

बैंककको नोन्थाबुरी स्टेडियममा भएको खेलमा भारतलाई जित दिलाउन डिती कमलेश कानुन्गोले चार गोल गर्दा रीतिका सिंहले दुई तथा निष्का प्रकाश र खुश्बु काशिराम सरोजले समान एक/एक गोल गरे । नेपालको लागि मनिषा थापा मगरले सान्तवना गोल गरिन् ।

यसअघि भएको खेलमा नेपालले माल्दिभ्सलाई ५-१ गोलले हराउँदा श्रीलंकासँग २-२ गोलको बराबरी खेलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *