प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु

दोधारा चाँदनी (कञ्चनपुर) । प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु भएको छ । जिल्ला क्रिकेट सङ्घ कञ्चनपुरको आयोजनामा महेन्द्रनगरस्थित खेल मैदानमा आज दोधारा चाँदनीका नगरप्रमुख किशोरकुमार लिम्बुले प्रतियोगिता शुभारम्भ गरे ।

त्यस अवसरमा उहाँले क्रिकेट खेलको विकासका लागि नगरपालिका सधैँ सहयोग गर्न तयार रहेको बताए ।

क्रिकेट सङ्घ कञ्चनपुरका अध्यक्ष विरेन्द्रबहादुर चन्दले छनौटका लागि ६० जना खेलाडीले नाम दर्ता गराएका र त्यसकै आधारमा चार वटा टोली बनाएर प्रतियोगिता सुरु गरिएको जानकारी दिए ।

५० ओभरको खेलमा चार टोलीले छ वटा लिग खेल खेल्नेछन् । यही प्रतियोगिताबाट छनौट भएका खेलाडीलाई समेटेर आगामी फागुनमा हुने सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगितामा कञ्चनपुर जिल्लाको टीम तयार गरिने अध्यक्ष चन्दले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *