पाल्पामा बढ्यो चुनावी चहलपहल

तानसेन(पाल्पा) । फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै यहाँ चुनावी चहलपहल सुरु भएको छ।

यहाँका टोलटोलमा युवादेखि वृद्धसम्मले देशलाई विकासको पथमा अग्रसर गराउनसक्ने व्यक्तिलाई चयन गर्नुपर्नेमा जोड दिएका छन्। उनीहरूले युवा पुस्ता त्यसका निम्ति उपयुक्त भएका बताउँदै राजनीतिक दलहरूले पनि युवालाई प्राथमिकताका साथ उम्मेदवार बनाउनुपर्ने अभिमत जाहेर गरेका छन्।

यही माघ ६ गते हुने उम्मेदवार मनोनयनको लागि आवश्यक कर्मचारीहरु काममा खटिसकेका छ। यहाँको क्षेत्र नंं १ मा ९८ हजार ३८३ जना मतदाता छन्।

जिल्लामा मतदानस्थल ५२ र ११७ मतदान केन्द्र कायम भएका छन्। क्षेत्र नं २ मा एक लाख नौ हजार ५३ जना मतदाता कायम रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। यहाँ ११८ मतदानस्थल र २५१ मतदान केन्द्र कायम भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *