एमाले सचिवालय बैठकले उम्मेदवार टुंग्याउँदै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन बैठक बासिरहेको हो ।

माघ ६ गते उम्मेदवार मनोनयनको कार्यक्रम भएकोले एमालेले उम्मेदवारको टुंग्याउन बैठक बोलाएको हो । एमालेका निर्वाचन क्षेत्रीय समन्वय कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीहरुले यसअघि नै उम्मेदवारको नाम सिफारिस गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *