क्यानद्वारा टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ गरेको छ । क्यानले शनिबार काठमाडौंमा विशेष कार्यक्रम गरी नेपाली टोलीलको बिदाइ गरेको हो । विश्वकप आगामी फेब्रुअरीदेखि भारत र श्रीलंकामा हुँदै छ ।

नेपाली टोलीले विश्वकप अघि श्रीलंका र भारतमा गएर अभ्यास शृंखला पनि खेल्ने भएकाले टोलीलाई आज नै बिदाइ गरिएको हो । नेपाली टोली आइतबार प्रस्थान गर्ने छ । बिदाइ कार्यक्रममा बोल्दै क्यान सचिव पारस खड्काले नेपाली टोलीलाई विश्वकपका लागि शुभकामना दिए ।

कप्तान रोहित पौडेलले तयारी निकै राम्रो भएको भन्दै यसपटक पनि राम्रो हुने बताए । नेपाली टोलीले विश्वकपको समूह चरणमा इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटलीसँग खेल्ने तालिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *