काठमाडौँ । एन्फा राष्ट्रिय लिगमा मछिन्द्र फुटबल क्लबले विजयी सुरुवात गरेको छ। शुक्रबार बेलुकी सम्पन्न भएको खेलमा न्युरोड टिम(एनआरटी)लाई १-० गोलले हराउँदै मछिन्द्रले प्रतियोगितामा सुखद सुरुवात गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा मछिन्द्रलाई जित दिलाउन एलिक श्रेष्ठले निर्णायक गोल गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको ६२ औँ मिनेटमा एलिकले गरेको जितनै मछिन्द्रको जितमा निर्णायक बन्यो ।
जितसँगै मछिन्द्रले तीन अङ्क जोडेको छ ।
