दोस्रो अभ्यास खेलमापनि नेपाल पराजित

काठमाडौं । आईसीसी टी-२० महिला विश्वकप अन्तर्गत हुने ग्लोबल क्वालिफायरको पूर्व सन्ध्यामा भएको अभ्यास खेलमा नेपाल पराजित भएको छ । शुक्रबार दिउँसो भएको खेलमा नेपाल अमेरिकासँग ६ विकेटले पराजित भएको हो ।

जितको लागि एक सय ३७ रनको विजयी लक्ष्य पछ्याएको अमेरिकाले १९.१ ओभरमा ४ विकेटको क्षतिमा १ सय ३८ रन बनाउँदै लक्ष्य भेट्टाएको हो ।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३६ रन बनाएको थियो । नेपालको लागि बिन्दु रावालले २७ र सम्झना कुमालले २४ रन बनाए ।आयर

आजै भएको अन्य खेलमा आयरल्याण्डले जुम्बाब्वेलाई ६ विकेट, स्कटल्याण्डले पीएनजीलाई ७ विकेट, नेदरल्यान्ड्सले नामिबियालाई ८६ रन र बंगलादेशले थाइल्याण्डलाई ३४ रन पराजित गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *