काठमाडौं । साफ फूटसल च्याम्पियनसिपको पुरुषतर्फ भएको खेलमा नेपालले विजयी शुरूवात गरेको छ । शुक्रबार दिउँसो भएको खेलमा श्रीलंकालाई २-१ गोलले हराउँदै नेपालले विजयी शुरुवात गरेको हो ।
थाइल्याण्डको हुआ माक इन्डोर स्टेडियममा भएको खेलमा नेपाललाई जित दिलाउन सरोज तामाङले दुई गोल गर्दा श्रीलंकाको लागि मोहमद कुर्शेथ मोहमद शाजनले एक गोल फर्काए ।
