काठमाडौं । माघे सङ्क्रान्ति पर्वका अवसरमा काठमाडौँको टुँडिखेलमा मगर समुदायले मौलिक सांस्कृतिक राष्ट्रिय महोत्सव आयोजना गरेका छन् ।
त्यसपघि नेपाल मगर संघ केन्द्रीय समितिको आयोजना र विभिन्न संघसंस्थाको अगुवाइमा काठमाडौंमा उपत्यकामा बस्दै आएका मगरहरूले भृकुटीमण्डपबाट टुँडिखेलसम्म सांस्कृतिक र्याली निकालेका थिए । माघे सङ्क्रान्ति मगर जातिका कुलदेवताको पूजाआजा गरिन्छ ।
चेलीलाई पुज्न माघे सङ्क्रान्तिको दिन बिहान दाजुभाइले नुहाएर खालीपेटमा कुल–कुलायन र पुर्खालाई पूजा गरेपछि दिदीबहिनीलाई टीका लगाइदिएर दान दक्षिणा गरी उपहार दिने चलन छ ।
तरुल, फलफूल, सेल, तरकारीलगायतका परिकार मिलाएर बनाइएको उपहारलाई मगर समुदायमा मिश्रा वा निस्रो (उपहार वा प्रसाद) दिने भनिन्छ ।
तस्बिरः रत्न श्रेष्ठ/रासस





